काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित मतदाता दर्ता केन्द्रमा भएको आत्मघाती विस्फोटमा परेर कम्तिमा ३१ जनाको निधन भएको छ ।
काबुल प्रहरीका कार्यकारी प्रमुख मोहमद दाउद अमिमका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे आक्रमणकारीले मतदाता परिचय पत्र वितरण केन्द्रको ढोकामा बम विस्फोट गराएका थिए ।
इस्लामिक स्टेट अफ इराक एण्ड द लेभान्ट (आइएसआइएल) ले घटनाको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार घटनास्थलमा दर्जनौँ घाइतेहरुको उद्दार गरिएको बताउँदै हताहतीको संख्या बढ्न सक्ने बताए ।
शिया हजारा अल्पसंख्यक बस्ने दस्त ए बरची क्षेत्रमा बम विस्फोट भएको हो ।
आगामी अक्टोबर २० हुने संसदीय निर्वाचन अघि बम विस्फोटका घटनाहरु बढेका छन् ।
Comments
Post a Comment