प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम बिस्फोट

प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवको घरमा बम बिस्फोट
बैसाख । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हत्तिबनस्थित आयुक्त डा. यादवको घरमा आइतबार साँझ बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।
आइतबार साँझ करिब ७ बजेतिर यादवको घरमा ठुलो आवाजसहित बिस्फोट भएको स्थानीयको भनाई छ । बिस्फोट अावाज अाएसँगै वरपर भागदौड मच्चिएको थियो । स्थानीय जम्मा भएपछि बम विस्फोट नै भएको पुष्टि भएको थियो । अहिले प्रहरी घटनास्थलतिर जाँदैछ ।
अज्ञात समूहले गराएको विस्फोटबाट के कति क्षति भयो भन्ने विवरण अाउँन बाँकी छ । suchanakendra

Comments