चितवन, १० वैशाख । चितवन जिल्लामा ट्राफिक प्रहरीका नायब निरीक्षक रामचन्द्र खनियाँले एक महिलालाई एसिड छ्यापेर घाइते बनाएका छन् ।
पूर्वी चितवनको रत्ननगरमा कार्यरत खनियाँले आइतवार दिउँसो ३ बजे भरतपुर महानगरपालिका ४, त्रिचोकमा गोरखा घर भई त्यही ठाउँ डेरा गरी बस्ने २८ वर्षीया कल्पना श्रेष्ठलाई एसिड हानेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार ती महिलाको अनुहार, जिउ र खुट्टामा एसिडले जलेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
घटना भएलगत्तै खनियाँलाई पक्राउ गरी प्रहरीको हिरासतमा राखिएको उनले बताए । श्रेष्ठका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तर, प्रहरीका जुनियर अधिकृतले नै एसिड हान्नुको कारण भने खुल्न नसकेको ढकालले बताउए। खनियाँ पनि त्रिचोक निवासी हुन् ।
dainiknepal
dainiknepal
Comments
Post a Comment