गुण्डा मनोज पुनका सुराकी भन्दै पक्राउ परेका सिर्जनाले दिइन् प्रहरीलाई यस्तो चुनौती

 कुख्यात गुण्डा मनोज पुनका सहयोगी भनिएका युवा संघ केन्द्रीय सदस्य सुजु मल्लकी श्रीमतिले आफ्ना पतिलाई प्रहरीले अनाहकमा फसाएको बताएकी छन् । उनले आफ्ना पतिले मनोज पुनका बारेमा प्रहरीलाई जानकारी दिने गरेको बताएकी छन् । सुजु मल्लकी पत्नी सिर्जना ताम्राकार मल्लले आइतवार बुटवलमा पत्रकार सम्मेलन गरी सुजु मनोजको सहयोगी नभएर प्रहरीको सहयोगीको रुपमा काम गरेको बताएकी छन् । उनले पटक–पटक आफुलाई मार्ने धम्की आएको जानकारी प्रहरीलाई गराउँदा पनि प्रहरीले वास्ता नगरी मनोज पुनलाई पक्राउ नगरेको बताएकी छन् । त्यती बेला मनोज पुनको बारेमा जानकारी दिंदा पक्राउ नगरेको प्रहरीले अहिले आफ्नातिलाई पक्राउ गरेर फसाउन खोजेको आरोप लगाइन्।
मनोज पुनले आफ्नो परिवारलाई मार्ने धम्की दिएको भन्दै त्यही सिलसिलामा मनोजसंग सुजुको कुरा भएको बताइन् । ‘मनोज पुनले तेरो परिवार यस्तो छ भनेर सबै कुरा भन्थ्यो, अनि तलाई मार्दिन्छु भनेको थियो,’ उनले भनिन् ‘परिवारलाई जोगाउन पनि उहाँले मनोजसँग केही कुरा गर्नुभएको हो । उनले मनोज पुनसंग भएको कुराकानीका विषयमा समेत प्रहरीलाई जानकारी गराइएको बताएकी छन् ।
उनले इलाका प्रहरी कार्यालयमा यसअघि प्रमुखका रुपमा रहेका मुकुन्द मरासिनी र पवन भट्टराईलाई मनोज पुनले भनेका सबै विषयमा विस्तृत रुपमा जानकारी गराएको दावी गरिन् । सुजु मल्लकी पत्नि सिर्जनाले मनोज पुनका बारेमा प्रहरीलाई दिएको जानकारीका कुरा पनि बाहिर ल्याउन प्रहरी प्रशासनलाई चुनौती दिएकी छन् । ‘मेरो श्रीमान्ले मनोज पुनका नाममा पैसा राख्यो, चेक काट्थ्यो, व्यापारीका नम्बरहरु दिन्थ्यो, उसलाई सघाउथ्यो भन्ने गरी जे जे कुरा आएका छन्, त्यसैगरी मेरो श्रीमान्ले मुकुन्द मरासिनी र पवन भट्टराईसँग गरेका कुरा बाहिर ल्याइयोस् उनले भनिन् ।सिर्जनाले प्रहरी अधिकारीहरुसँग भएका कुराकानीको अडियो सार्वजनिक गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरी प्रशासनसँग माग गरेकी छन्। पत्रकार सम्मेलनमा सिर्जनाले मनोज पुनको बारेमा आफ्ना श्रीमानले प्रहरीलाई पठाएको एसएमएस समेत सार्वजनिक गरेकी थिइन्। जसमा मल्लले मनोज पुन भारतको गोवास्थित क्रस क्यासिनोमा सहयोगी पूर्वसैनिकका साथमा रहेको बताउँदै आफ्नो नाम उल्लेख नगर्न आग्रह गरेका छन्।
सिर्जनाले पार्टीले पनि आफ्ना पतिलाई अन्याय गरेको गुनासो गरिन् । एमालेमा लामो समयदेखि योगदान दिएका व्यक्तिको बारेमा पार्टीले समेत छानबीन नगरी कारबाही गरेकोमा उनले आपत्ति जनाइन् ।

Comments