अमेरिकाको मेरिल्याण्डको बाल्टिमोरस्थित जोन्स होप्किन्स युनिभर्सिटीका विशेषज्ञहरुले एक मृत दाताबाट लिंग, अण्डकोष थैली र पेटको केही हिस्सा लिएर सो प्रत्यारोपण गरेका थिए। उक्त जटिल शल्यक्रिया गर्न २६ मार्चका दिन ११ विशेषज्ञलाई १४ घण्टा लागेको थियो।
यद्यपि नैतिक पक्षलाई ध्यान दिँदै दाताको अण्डकोष भने ती सैनिकलाई प्रत्यारोपण नगरिएको जनाइएको छ । ती सैनिकले यौन क्षमता पनि पुनः प्राप्त गर्ने जनाइएको छ। उनी ६ देखि १२ महिनापछि पूर्णरुपमा ठीक हुने अपेक्षा गरिएको छ। यसैसाता उनी अस्पतालबाट डिस्चार्ज हुँदैछन् ।
अफगानिस्तानमा एम्बुसमा परेर उनी घाइते भएका थिए। उनको परिचय गोप्य राखिएको छ। शल्यक्रियापछि आफूले पहिलो पटक सामान्य महसुस गरेको उनले बताएका छन्। पहिलो प्रत्यारोपण सफल भएपछि विश्वविद्यालयले चिकित्सकहरुको सो टोलीलाई यस्तै ६० प्रत्यारोपण गर्न अनुमति प्रदान गरेको छ।
अमेरिकामा सन् २०१६ मा पहिलो पटक लिंग प्रत्यारोपण गरिएको थियो भने संसारमै पहिलो पटक सन् २०१४ मा दक्षिण अफ्रिकी चिकित्सकहरुले सफल लिंग प्रत्यारोपण गरेका थिए। (एजेन्सी)
साभार :news24nepal
Comments
Post a Comment