जब बेहुलीले वरमाला बेहुलाको सट्टा अफ्नो प्रेमीलाई लगाईन, मच्चियो हंगामा !

विवाह समारोह अचम्मलाग्दो घटना घटेको छ । विवाहमा जन्तीहरु नाच्दै-गाउदै बेहुलीको घरमा पुगे। बेहुली पक्षले जन्तीलाई स्वागत गरे। बेहुला र जन्तीहरु निकै खुसि थिए। बेहुला आफ्नो साथीसहित स्टेजमा पुगे। त्यसपछि बेहुलीलाई वरमालाको लागि स्टेजमा बोलाईयो।
बेहुली वरमाला लिएर स्टेजमा पुगिन र पहिले बेहुलालाई माला लगाउन लगाईयो। जब बेहुला माला लगाउनको लागि अगाडी बढे तब बेहुलीले आफ्नो बेहुलाको सट्टा प्रेमीलाई वरमाला लगाईन। त्यसपछि त्यहाँ हंगामा मच्चियो। साथै विवाहमा आएका जन्तीले बेहुलीको प्रेमीलाई कुटपिट गर्न सुरु गरे ।
यो घटना थाहा पाए लगतै पुलिस घटना स्थल पुगे र त्यहाँको कोलाहल शान्त भयो। पुलिसले युवकलाई हिरासतमा लिएका छन्। युवकलाई हिरासतमा राखेपछि दुलहीले विवाह गर्न अस्वीकार गर्दै भनिन, ‘मैले जसलाई वरमाला लगाए, हो उहीसंग विवाह गर्छु।”
नाच्दै स्टेजमा पुगेका ति युवकलाई बेहुला पक्षले याद गरिरहेका थिए तर खासै चासो भने गरेका थिएनन्। केहि समय दुवैपक्ष बीच चर्काचर्की भएपछि अन्तत बेहुला बिना बेहुली जन्तीसँग आफ्नो घर फर्किए। पुलिसको अनुसार युवक र बेहुली एकै कलेजमा पढ्ने गर्छन्। दुवैजना लामो समयदेखि प्रेमसम्बन्धमा रहेका थिए। युवती अरु केटासँग विवाह गर्न तयार थिइनन्। परिवारको दबाबमा उनको विवाह हुन लागेको थियो। त्यसपछि युवतीले आफ्नो प्रेमीसंग मिलेर यी सबै योजना बनाएकी थिइन् । पुलिसको अनुसार परिवारको सहमतिमा अब युवतीको विवाह उनकै प्रेमीसँग हुदैछ।

Comments