हर्नियाको बारेमा सबैले जान्नै पर्ने कुराहरु यस्ता छन्

हर्निया भनेको के हो ?
हर्निया झट्ट हेर्दा मासुको डल्ला उठेको जस्तो देखिने रोग हो, जुन समयानुसार सानो र ठुलो भई रहन्छ। शरिरको कुनैपनि क्षेत्रको भित्ता कम्जोर भई त्येस ठाउमा भित्रका अंगहरु बाहिर निस्कन प्रक्रिया वा रोगलाई नै हर्निया भनिन्छ । यो प्रायजसो पेटको वरिपरी भेटिन्छ।
लक्षण
१) यसको खास लक्षण नदेखिने भएकोले कहिलेकाही सुन्निने ,दुख्ने
२) पेटको वरपर मासुको डल्लो देखिनु
३) दिशा,पिसाब गर्न असहज हुनु जस्तो समस्या देखिन्छ
कारण
१) धेरै पेटमा जोड हुने काम गरेको अवस्थामा वा भारि सामान बोकेमा
२) मोटोपनको कारण
३) तनाबको कारण
४) धेरै समय सम्म खोकी लागेमा
५) सामान्य भन्दा धेरै हाछ्यु गरेमा
६) कब्जियत
७) जन्मजात नै यस्तो भएर पनि जन्मन सक्छ
८) पिसाब रोक्नुको कारण
९) धुम्रपान गर्नुको कारण
हर्नियाको प्रकार
१) नाइटोको हार्निया
यो प्रकारको हर्नियामा पेटको सबैभन्दा कमजोर माशापेशी हर्नियाको थैली भइ नाइटो बाहिर हर्नियाको डल्लो भएर निस्केको हुन्छ । यो खासगरी मोटो मान्छे अथवा शरीरको मशपेशी कम्जोर हुनेलाइ हुन्छ । यो प्रकारको हर्निया मानिसलाई ८ देखि १० प्रतिशत देखिएको पाइन्छ ।
२) कम्मर र तिघ्रा बिचको भाग
यो प्रकारको हर्निया पुरुषमा पाइन्छ । यस्तो अवस्थामा अण्डकोशको आकार बढ्छ र सुन्निने पनि हुन्छ यस्तो अवस्थामा हाइड्रोसिल र हर्निया छुट्याउन गारो हुन्छ ।
३) जाङ्घ हड्डी
हर्नियाको प्रकार मध्ये यो लगभग २० प्रतिशत हुन्छ । यसमा पेटको अंग खुट्टा तिर जाने धमनीको मुखबाट निस्केको हुन्छ । यसकिसिमको हर्निया महिलामा देखिने गर्छ ।
४) इन्सिज्नल हर्निया
कुनै सर्जरी गरेको ठाउबाट अंग निस्कने अवस्थालाइ इन्सिज्नल हर्निया भनिन्छ ।
उपचार
हर्नियाको एक मात्र सफल र उपयुक्त उपचार सल्यक्रिया हो जुन अनेक तरिकाले गरिछ । शल्यक्रिया पछि बिरामी १० -१५ दिनमा ठिक हुन्छ तर बिरामीले २/३ महिनासम्म भारि काम गर्नु हुदैन ।
बच्चामा शल्यक्रियापछि को हेरचाह
शल्यक्रिया पछि बच्चाको घाउ अलिकति सुन्निन सक्छ।
अण्डकोश पनि हल्का फुल्न सक्छ , तर यो केहि हप्तामै जान्छ।
बच्चाले २-३ हप्ता कुनै पनि खेलकुदमा लिन सक्दैन।
हर्निया भएको बच्चालाई कहिले अस्पताल दौडाउने ?
यदि हर्निया अड्केर साह्रो भयो भने
यदि हर्निया ठुलो भएर दुखन थाल्यो भने
यदि बच्चाले बान्ता गर्यो भने
यदि हर्निया भएको ठाउ रातो हुदै गयो भने
अविभाबकबाट बाल शल्य चिकित्सक संग प्राय सोधिएका/सोधिने प्रस्नको जवाफ :
बच्चालाई हर्निया भएको ठाउँमा तातोले सेकाउन हुदैन।
जति सक्दो चाडो हर्नियाको अपरेसन गर्नु पर्दछ।
हर्नियाको अपरेसन गरेपछि बिरामीको विर्य नलि सुरक्षित रहेको खण्डमा बच्चा उत्पादन गर्ने क्षमता नास हुदैन। यसको लागि अनुभवी बाल शल्य चिकित्सक संग परामर्श गर्न सकिन्छ।
यदि अप्रेसन सफल भएन भने हर्निया दोहोरिएर आउन सक्छ।
बच्चाको अपरेसनमा धागो छालाको भित्रपट्टि लगाउने हुदा अपरेसन पछि सिलाएको धागो काट्न पर्दैन। तर यसको ड्रेसिङ्ग चाही दिन बिराएर गर्नु पर्दछ र ७ दिन पछि चिकित्सकलाइ देखाउनु पर्दछ।
अपरेसन गरेको ४८ घण्टा पछि नुहाउन सकिन्छ र ७ दिन पछि पानीमा जिउ दुबाउन सकिन्छ।
तपाइको प्रतिक्रिया

Comments