स्वास्थ्य रहनको लागी तनाव व्यवस्थापन गर्ने उपायहरु यस्ता छन्

हरेक मानसिहरु तनाव देखि टाढा भाग्न चाहन्छन् । तनावको कारण मानिसहरु निकै बिरामी पर्ने गर्छन् । प्राय मानिसहरुलाई मुटु सम्बन्धि रोगहरु लाग्ने गर्छन् । तनावबाट टाढा रहनको लागी विभिन्न खालका उपायहरु अपनाउने गर्ने भएतापनि मानिसहरु यस देखी टाढा रहन भने सक्दैनन् । यदि हामीलाई तनाव व्यवस्थापन गर्न आयो भने हामि जस्तो सुकै तानावको सामना गर्न सक्छौं ।
कसरी हुन्छ तनाव व्यवस्थापन ?
१) समस्या निर्कौल गनुहोस् : वास्तवमा तनावका पछाडि कुनै न कुनै कारण हुन्छ । कहिले काहीं कारण सुषुप्त हुनसक्छ । के भो के भो भनेजस्तो । सबभन्दा पहिले कारण पत्ता लगाउनुहोस् । सबैभन्दा चिन्ताको विषय कुन हो ? तपाईको चैन हराम गर्ने तपाईको दिनचर्या अस्तव्यस्त बनाउने कारणको पहिचान गर्नुहोस् । यदि यस्ता तनावका बहुकारण छन् भने एउटा कोरा कागजमा ति समस्याहरु लेख्नुहोस र आफैंले समाधानका विकल्पहरु पनि लेख्नुहोस् । जुन समस्या निर्विकल्प छ समाधान निस्किरहेको छैन र दिनदिनै तनाव दिइरहेको छ त्यसमा फोकस हुनुहोस् । त्यसलाई पनि समाधान गर्न सकिने उपायहरु लेख्नुहोस् । उत्कृष्ट छनोट गर्नुहोस् । याद गर्नुहोस तपाईको समस्याको (तनावको) व्यवस्थापन गर्न मुख्य व्यक्ति तपाई आफै नै हो ।
२) नजिकको साथीलाई भन्नुहोस् : तपाईको मनले खाएका व्यक्ति पहिल्याउनु होस् । त्यसमध्ये पनि तपाईलाई कसले वढी सहयोग गर्न र विश्वास गर्न सक्छ, चिन्नुहोस । मनको वह पोख्ने भन्दैमा चिने जति सबैलाई आफ्नो तनाव नकहनुहोस् । यसले झनै तनाव बढाउँछ । तपाईलाई अत्यन्त सकारात्मक रुपमा जसले बुझेको छ, त्यसलाई चिन्ने कोसिश गर्नुहोस् र खुल्नुहोस् । याद राख्नुहोस, नजिकको व्यक्ति तपाईको तनावको साक्षी मात्र हाे व्यवस्थापक होइन । तसर्थ उसले नकारात्मक रुपमा पनि तपाईलाई लिन सक्छ । यदि यस्तो भयो त्यो व्यक्ति तपाईको नजिकको हुनै सक्दैन । धैर्य राख्नुहोस् । यस्तो परिस्थितिमा पनि नहडबडाउनुहोस् ।
३) मनोचिकित्सकसँग परामर्श : मनोचिकित्सका जाने भन्ने वित्तिकै म कतै पागल त भइन भन्ने दुर्भावना पटक्कै नराख्नुहोस् । प्रायः जिल्ला र अञ्चल अस्पतालमा मनोचिकित्सक नियुयिक्त भएका हुन्छन् । तपाई उनीहरुलाई आफ्ना हरेक समस्या, चिन्ता, डर कहनुहोस् । उनीहरुले तपाईलाई नकारात्मकरुपमा लिदैनन् । यो धेरै खर्चिलो पनि हुँदैन । कमसेकम तपाईको तनावले तपाईलाई पार्ने हानीभन्दा यो खर्च अत्यन्त न्युन हुन्छ ।
४) कानुनी परामर्ष : तपाई तनावमा रहनुको कारण आर्थिक, सामाजिक, राजनीतिक तथा परिवारिक झमेलापनि हुन सक्छ । कानुनमार्फत तपाईले न्याय पाउनसक्नुहुन्छ । कानुन व्यवसायीहरु तपाईका सहयोगी पनि बन्न सक्छन् । तपाईको वरपर कानुन व्यवसायी रहेका हुनसक्छन् पत्ता लगाउनुहोस् । सबै कानुन व्यावसायीहरु पैसाका लागि कानुनको फरक अर्थ लगाउने हुँदैनन् ।
५) मन नै सबथोक : तपाईको तनावको कारण तपाईको मन नै हो । मनलाई स्थिर बनाउनुहोस् । सकारात्मक सोचको विकास गर्नुहोस् । चित्त सुद्ध पार्ने प्रयास गर्नुहोस् । याद गर्नुहोस्ः तनाव लिने होइन, नत दिने हो । यसका लागि मन नै सबथोक हो । त्यसै भनिएको होइनः बरु चरेस खाइन्छ हरेश खाइन्न ।-dainikonline

Comments