अत्तरिया ६ लेन सडक विस्तारमा अटेरी गर्ने स्थानीय बासिन्दाका घर भत्काउन सुरु गरिएको छ । धनगढी उपमहानगरका मेयर नृप वड नेतृत्वको टोलीले डोजर लगाएर घर भत्काउन थालेको हो ।
सोमबार दुईवटा डोजरसहित मेयर वडको नेतृत्वमा रहेको उपमहानगरको टोलीले धनगढी चौराहदेखि चटकपुरसम्मका घर भत्काएको छ । सडक क्षेत्रभित्र बनेका घर भत्काउन पटक–पटक गरिएको आग्रह अटेर गरेपछि डोजर लगाउनु परेको मेयर वडले बताए । ‘घर नभत्काउँदा ६ लेन सडक आयोजना नै नबन्ने अवस्था आयो,’ उनले भने ।
सडक विस्तारको काम सुरु भएको १० महिना भएको छ । यो अवधिमा पटक–पटक आग्रह गरिएको उनले बताए । ‘अब कुर्दैनौँ, डोजर लगाएर भत्काउँछौँ,’ मेयर वडले भने । सोमबार होटेल हटपट, जगदम्बा ट्रेडिङ, ज्ञानु प्लाजा, संगम होटेल, बजरंगी ट्रेडर्सलगायत ३० भवनमा डोजर लगाइएको हो ।
४० घर भत्काइँदै
सडक विस्तार क्षेत्रका धेरै घरधनीले घर भत्काइसकेका छन् । अब ४० घर मात्रै बाँकी रहेको आयोजनाका प्रमुख मनीषकुमार साहले बताए । ती मोहनापुलदेखि बोराडाँडीसम्मका घरहरू हुन् । मेयर वडका अनुसार, सबै घरहरू डोजर लगाएर भत्काइनेछन् । १४.२ किमि सडकलाई एक अर्ब ६८ करोडमा ६ लेनको बनाउन लागिएको हो ।

Merkur 34c Review - YNP
ReplyDeleteMerkur 34c is a good looking and a modern 메리트 카지노 주소 classic for the modern and reliable งานออนไลน์ brand. The Merkur 37C was designed by a company 메리트 카지노 called Merkur Group in Rating: 5 · Review by Ivan Potocki