बेला बखत हाम्रो तराइ डुवानमा हुन्छ , आफ्नै नदीहरु थुनिएका हुन्छन्। देशमा धनजनको ठुलो क्षेती भैरहेको छ। यसको एउटा प्रमुख कारण हाम्रा नदीनालाहरुमा छिमेकी भारतले बाँधेका बाँधहरु द्वारा देशका नागरिकहरुले आपतविपत झेल्नु परेको छ। आर्को ठुलो विडम्बना, बाँध बाँधेर बन्द गरिएका ढोकाहरुको साँचो दिल्लीलाई थम्याएर चाहेको बेला ढोका खोल्न नपाउनु हामी नागरिकहरुका लागि ठुलो दुर्भाग्य बनेको छ। राज्यको यहि ठुलो गल्तिप्रति नागरिकहरु आक्रोस पोखिएका छन्।
यतिबेला मोदीले पनि नेपालको भ्रमण गर्न लागेका छन्। विप्लब माओबादिका एकजना नेताले यो बेला मोदिसंगा सरकारले खुलेर कोशी वादको कुरा उठाउनु छन्। सरकारले सिधा बाटो बाट कुरा गर्न नसके आफुहरुले घुमाउरो बाटो प्रयोग गर्ने उनको जिकिर छ।
केहि समय अगाडी
सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु भारतले नखोलिदिंदा दर्जनौं गाउँ डुवानमा परेका छन्, धेरैको मृत्यु भएको छ। कोशीको बहाव अझै बढी रहेको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय संग सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न आग्रह गरेतापनि अझै ढोका खोलिएको छैन।
बिकल्प विहिन बनेका देशका नागरिकहरु अन्तिम बिकल्प खोज्दै, थुनिएको नदीलाई निकाश दिएर नागरिकहरुको रक्षागर्न कोशीब्यारेज लगाएका बाँधहरुमा बम हान्न नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’ लाई सामाजिक संजालमा फेसबुककर्ताहरु आग्रह गरिरहेका छन्।
दिपक खड्का नाम भएका एक फेसबुक कर्ताले आफ्नो फेसबुकमा लेखेका छन् “प्रिय कामरेड विप्लब! कोशी ब्यारेजमा एउटा शक्तिशाली बम प्रहार गरि देउ ! जिन्दगी भरी तिम्रो गुन गान गएर बस्छु!”
कोशीब्यारेजका ढोकाहरु बन्द गरेर उक्त ढोकाको साँचो दिल्लीलाई बुझाएको भन्दै तिब्र बिरोध र आक्रोस पोख्दै बम हान्न सुजाएका हुन्।परराष्ट्रमन्त्री महराले सप्तकोशी लगायतका बाँधका ढोकाहरु खोल्न आग्रह गर्दापनि भारतले नसुने पछी नागरिकहरुको रक्षागर्न बिकल्पको रुपमा बाँध भत्काउन विप्लवलाइ हारगुहार गर्दै रक्षा गर्न माग गरेका छन्।
एकदशक लगाएर सन् १९६२ मा भारतको कोलकातास्थित जोसेफ एण्ड कम्पनी लिमीटेडले कोशी ब्यारेज निर्माण गरेको हो । सन् १९९० यता कोशीमा पानीको बहाब ५ लाखभन्दा कमै रहेको तथ्यांकले देखाउँछ, तर २ लाख क्यूसेकको हाराहारीमा पानीको बहाब रहेकै अवस्थामा ०६५ सालमा कोशीको पूर्वी तटबन्ध भत्किएको थियो ।
नेपाल र भारतका तत्कालीन राज्यप्रमुखहरु राजा महेन्द्र र भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले कोशी ब्यारेजको सामूहिक उद्घाटन गरेका थिए। कोशी सम्झौता अनुसार कोशीब्यारेजको रेखदेख, नियन्त्रण, मर्मतसम्भार सहितका सम्पूर्ण जिम्मेवारी भारतको बिहार सरकार अन्तरगत रहेको छ।
ब्यारेज सन् १९६४ देखि पूर्ण रुपमा प्रयोगमा आएको थियो । कोशी ब्यारेज भारतीय सीमादेखि एककिलोमिटर भित्र(नेपालतर्फ) पर्छ। उक्त बाँधका कारण स्थानीय नागरिकहरुले हरेक साल कस्टकर जीवन गुजार्नु परेको छ।
सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा स्पातको ढोका रहेका कोशी ब्यारेजसँग निर्माणपछिको सुरुवातीकालमा ९ लाख ५० हजार क्यूूसेक प्रतिसेकेण्ड दरको पानी थेग्नसक्ने क्षमता थियो । यसको लम्बाई एकहजार १ सय ४९ मिटर रहेको छ ।
समग्रमा कोशी र कोशीको पानीतर्फ कर्के नजर लगाएको भारतसँग तल पर्न ५५ वर्षअघि गरिएको सम्झौताको पुनरावलोकन नभएसम्म कोशीको कहर र त्रास कम हुने अवस्था छैन ।
नेपाल र भारत बीच भएका विभिन्न समयका सन्धिहरुले देशका नागरिकहरुलाई हरसमय असुरक्षित बनाई रहेको छ। नेपाललाइ असर पारिरहने पुराना सन्धि सम्झौताहरुलाइ पुनरावलोकन गर्न देशका प्रमुख नेतृत्व चुकिरहेका छन्। यिनै सन्धि र सम्झौताहरुको बिरोधमा जनयुद्द गरेको माओवादी पनि सन्धि पुनरावलोकन गर्ने मुद्दा हराएर, बरु पटक पटक देशलाई घात हुने नयाँ सन्धिहरुमा सहभागी भएको छ।
यिनै भारतका सम्पूर्ण पुराना सन्धि सम्झौताहरुलाई खारेजी गर्नुपर्छ भन्दै तिब्र बिरोध गर्दै संघर्ष गरिरहेको विप्लवको पार्टी नेकपालाई यस अर्थमा पनि बम हान्न आग्रह गरिएको धेरैको भावार्थ रहेको छ।
Comments
Post a Comment