बिराटनगर, १० वैशाख– गत माघमा तस्करी गरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराइएको भनिएको ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पुर्ब डिआईजी गोविन्द निरौलालाई विराटनगर ल्याएको छ ।
साडे ३३ किलो सुनसँगै सुनसँग सम्बन्धित भरिया उर्लावारीका सनम शाक्यको हत्या प्रकरणका बिषयमा अनुसन्धान गर्न उनलाई बिराटनगर ल्याइएको हो ।
पक्राउ परेका पूर्व डिआइजी निरौलालाई बुद्ध एयरलाइन्समार्फत आज दिउँसो २ः३० बजे विराटनगर ल्याएको हो । निरौलालाई जिल्ला प्रहरी कार्यालय मोरङको बा. १ झ १२९१ नम्बरको प्रहरीको भ्यानमा राखि प्रहरी कार्यालय लगिएको थियो । निरौलालाई लिन विराटनगर विमानस्थलमा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान्त थापा पुगेका थिए । निरौलालाई जिल्ला अदालत मोरङमा आजै म्याद थप गरी अनुसन्धानमा राखिएको छ ।
निरौलालाई गृह मन्त्रालयको छानवीन समितिले आइतबार पक्राउ गरेको थियो । तस्करहरुलाई सहयोग गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए ।
निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रुपमा कार्यरत थिए । तस्करीमा सघाएको खुलेपछि उनलाई त्यहाँबाट हटाइएको थियो । तस्करीको साढे ३३ किलो सुन लुकाउन संलग्न रहेको भन्दै तस्करहरुकै समूहले गत फागुन १८ गते मोरङका सनम शाक्यको हत्या गरेको थियो ।
घटनाको अनुसन्धानमा महानगरीय अपराध महाशाखाले लापरबाही गरेर तस्करलाई जोगाएको खुलेपछि गृह मन्त्रालयले छानवीन थालेको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेल नेतृत्वको समितिले छानवीन गर्दै आएको छ । सहसचिव पौडेले नेतृत्वको समितिको निर्देशनमा अहिलेसम्म २२ जनालाई नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक अरुणकुमार बिसीले जानकारी दिए । lokaantar
Comments
Post a Comment