सन्तानको माया: निर्दोष छोरा बिदेशको कालो बन्द कोठामा (भिडियो)



ईस्वर दुलाल पथरी सनिस्चरेमिठो खाने ,राम्रो लाउने अनि आफनो जिवानस्तर उठाउने सपना बोकेर प्रत्येक दिन सयौ युवा युवती बैदेसिक रोजगारका लागि बिभिन्न मुलुक गईरहेका हुन्छन । ति मध्ये कतिले सोचेको जस्तो कमाई गरेर आफ्नो जीवनयापन उकासिरहेका हुन्छन त् कोहि काठको बाकसमा फर्किरहेका हुन्छन् भने कोहि उतै जेल जीवन बिताउन बाध्य हुन्छन ।

जेल जीवन बिताउनेहरु कोहि अपराध कार्य गरेर हुन्छन् कोहि अरुकै जालझेलमा परि निर्दोस व्यक्ति पनि हुन्छन । यस्तै झुटा मुद्दा लगाएर बिगत २ वर्ष देखि मलेसियाको बेन्तोंग जेलमा जीवन बिताईरहेका छन् मोरङ पथरीसनिस्चरे -९ का प्रकास लिम्बु (पंकज लिम्बु )।



आज भन्दा७ वर्ष आगाडी एक मेनपावर कम्पनीबाट रकम तिरी मलेसिया गएका उनि सुरुका दिनमा धेर-थोर पैसा घरमा पठाउने गर्थे तर बिचमा एक्कासी उनि सम्पर्क बिहिन भए न पैसा न फोन केहि अतोपतो नभएकोले घर परिवारका सदस्यले सुरुका दिनमा पैसा कमाई हुन छोडोहोला अनि लाजले फोन नगरेको होला भनेर हल्का रुपमा लिए।

तर जब घरका परिवारले उनि ज्यानमार्ने उधोगको झुटो मुद्दा लगाएर जेलमा छ भन्ने सुने हामित छागा बाट खसेको झैँ भईयो गहभरी आसु पार्दै प्रकासको आमाले भनिन ।

Comments