लाईभ गर्दा गर्दै पत्रकारलाई गोली प्रहार, पत्रकारको घटना स्थलमै मृत्यु

काठमाडौं । निकारागुआमा पत्रकार एन्जेल गहोनाको फेसवुकमा लाईभ गर्दा गदै गोली हानेर हत्या गरिएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई उनले फेसबुकबाट लाइभ प्रसारण गर्दै थिए । को घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय मिडियाका अनुसार उनी पत्रकार एवम् एल मेरिदिआनो नामक कार्यक्रमको निर्देशक थिए । उनले देशको दक्षिणी ब्लुफिड्स शहरबाट फेसबुक लाइभ गरिरहेको बेला गोली चलेको थियो ।
सामाजिक सन्जालमा एक भिडियो भाइरल भइरहेको छ जुन एन्जेल गहोनाको भनिएको छ । भिडियोमा निलो टिसर्ट लगाएका गहोनाले प्रदर्शनकारीले मेयरको कार्यालयमा पुर्‍याएको क्षतिबारे जानकारी दिइरहेका हुन्छन् । अचानक गोली चलेको आवाज सुनिन्छ र उनी भुइँमा ढल्छन् । गोली कसले र किन चलायो भन्ने थाहा हुन सकेको छैन ।
एक जना सामाजिक सन्जाल प्रयोगकर्ताले लेखेका छन्यी एन्जल गहोना हुन् । उनको मृत्यु फेसबुक लाइभ गर्ने क्रममा भयो । ब्लुफिल्ड्समा प्रहरी र प्रदर्शनकारीबीच तनाव फैलिएपछि गोली चल्छ र उनी ढल्छन् ।
यो गत शनिबार दिउँसोको घटना हो । सरकारविरुद्ध निकारागुआमा भएको यस प्रदर्शनमा १० जनाको मृत्यु भएको बताइएको छ । तर मानवअधिकारसँग सम्बन्धित संगठनहरुका अनुसार मृतकको संख्या २५ भन्दा बढी छ ।

Comments