हेटौंडा– प्रदेश ३ को प्रदेश सभाको विशेष बैठक मंगलबार हेटौंडामा बस्दै छ। उक्त बैठकलाई प्रदेशप्रमुख अनुराधा कोइरालाले सम्बोधन गर्ने कार्यक्रम छ।
संविधानमा प्रदेशसभाको विशेष बैठक आह्वान गरेर प्रदेशप्रमुखले सम्बोधन गर्ने व्यवस्था छ। यसै संवैधानिक प्रावधानअनुरुप मंगलबार बैठक बस्न लागेको हो।
प्रदेश ३ को संसद सचिवालयले दिएको जानकारी अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।
प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको जानकारी दिए।
Comments
Post a Comment